मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

एमालेको विरोध कायम भएपछि प्रतिनिधिसभाको बैठक असोज १४ सम्म स्थगित

दैनिक नेपाल २०७८ असोज ११ गते १५:५९

काठमाडौँ, ११ असोज । प्रतिनिधिसभाको बैठक केही मिनेटमै सकिएको छ ।

सोमबार बसेको बैठकमा नेकपा एमालेका सांसदहरुको नाराबाजी र अवराेधपछि बैठक स्थगित भएको हो ।

सभामुखले निरन्तरका विरोधका कारण महत्वपूर्ण विषयमा छलफलमा बाधा पुगेको भन्दै आगामी असोज १४ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

उनले नाराबाजीकै बीच विनियोजन विधेयक पारित भएको पत्र पढेर सुनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित