१९ कार्तिक २०८३, बिहिबार

सरकारले गगन थापालाई पक्राउ गर्न लागेको हो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि सरकारले निगरानी बढाइएको उनको सचिवालयले दाबी गरेको छ ।

बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदै आएका थापामाथि पछिल्लो दुई दिनदेखि सादा पोशाकमा खटिएका केहीले निगरानी गरिरहेको सचिवालयको भनाइ छ ।

प्रहरी महानिरीक्षकमा मनोज केसी नियुक्त भएपछि थापामाथि निगरानी बढाइएको स्रोतको दाबी छ ।

प्रहरी हिरासतमा रहेका इनम सापकोटाले कांग्रेसको आधिकारिकताबारे दिएको भनिएको बयान प्रधानमन्त्रीको सचिवालयको योजनामा सार्वजनिक गरिएको आरोप लगाउँदै कांग्रेस सरकारविरुद्ध आक्रामक बनेको छ ।

थापाको सचिवालयका अनुसार अपरिचित व्यक्तिहरू मोटरसाइकलमा उनको पछिपछि लाग्ने गरेका छन् ।

राइड सेयरिङजस्ता देखिने मोटरसाइकलले उनको गतिविधि निगरानी गरिरहेको र सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा समेत सादा पोशाकका अपरिचित व्यक्तिको आवतजावत बढेको सचिवालयको दाबी छ ।

यसैबीच, थापालाई पक्राउ गर्ने चर्चा चलिरहेका बेला प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भने हालसम्म त्यस्तो कुनै आदेश नआएको स्पष्ट पारेको छ ।

सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले आफू र आफ्नो कार्यालयलाई थापालाई पक्राउ गर्ने विषयमा कुनै निर्देशन प्राप्त नभएको बताएका छन् । अन्य कार्यालयमा कुनै सूचना वा गतिविधि भए त्यसबारे आफूलाई जानकारी नहुने उनको भनाइ छ ।