काठमाडौँ, १० असोज । पर्र्वतमा लगातार विद्यार्थीहरु बिरामी भएपछि पर्वत २ विद्यालय बनद गरिएको छ ।
एकसाता देखि लगातार विद्यार्थी बिरामी हुन थालेपछि कुश्मा नगरपालिका–११ पकुवाको सिल्सीमा विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्रावि बन्द गरिएको बताइएको छ ।
विद्यार्थीहरुमा विगत एक सातादेखि ज्वरो आउने, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुनेजस्ता स्वास्थ्य समस्या देखिएको जनाइएको छ ।
सुरुमा बिरामी भएकाहरु निको नभएको र संक्रमण हुन सक्ने त्रासले विद्यालय बन्द गरिएको बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस