
काठमाडौँ, १० असोज । सत्ता गठबन्धन मन्त्रीको भागवण्डामै रुमलिएको छ ।
सरकार गठन भएको लामो समय बितिसक्दा पनि सरकारले मन्त्रिपरिषद विस्तार गर्न सकेको छैन ।
यसैबीच आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रिपरिषद विस्तार र सरकारलाई काम गर्न सहज बनाउनेबारे शीर्ष नेताहरुलाई जिम्मा दिने निर्णय गरेको बताइएको छ ।
जानकारहरुका अनुसार गठबन्धनकै दलहरुबीच कुरा नमिल्दा मन्त्रिमण्डल विस्तार ढिलो भएको हो ।
हालसम्म सरकारले कसलाई के बनाउनेबारे चिन्ता लिए पनि जनताका निम्ति कुनै ठोस कार्य गर्नेबारे सोच्न नसकेको विश्लेषकहरु बताउँछन् ।












प्रतिक्रिया