
काठमाडाैँ, ९ असाेज । नेकपा एमालेको केन्द्रीय समितिको बैठकमा विभिन्न सुझाव प्राप्त भएको छ ।
शनिबार भएको बैठकमा कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने र उपाध्यक्ष र सचिव ७-७ जना राख्नुपर्ने सुझाव प्राप्त भएको हो ।
१० वटा समूह बनाएर तीन दस्तावेजमाथि छलफल भएको थियो । बैठकमा ७ उपाध्यक्ष राखेर अघि बढ्न प्राप्त भएको बताइएको छ ।
हाल प्रस्ताव गरिएको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष ३ जना मात्रै राख्ने उल्लेख गरिएको छ।
हाइप्रोफाइल नेताहरुलाई महासचिवभन्दा तल नबस्ने भएकाले ३ उपाध्यक्ष मात्रै राख्दा अप्ठ्यारो हुने केन्द्रीय सदस्यहरुको सुझाव छ।
विधान संशोधन प्रस्तावमा पोलिट्यू्रो नराख्ने उल्लेख छ । तर, समूहगत छलफलमा पोलिटब्यूरो कायमै राख्नुपर्ने आवाज उठेको छ।
त्यस्तै अध्यक्षको नेतृत्वमा रहने गरी प्रस्ताव गरिएको ७ सदस्य रहने केन्द्रीय सचिवालय पनि नराख्न केन्द्रीय सदस्यहरुले सुझाव दिएका छन्।












प्रतिक्रिया