
काठमाडाैँ, ९ असोज । ताप्लेजुङको फुङलिङ नगरपालिका–७ मा किशोरीको शव भेटिएको छ ।
किशोरीको हत्या भएको आफन्तले आरोप लगाएका छन् । आफन्तले घटनाको अनुसन्धानमा प्रहरीले चासो नदिएको गुनासो समेत गरेका छन् ।
बिहीबार बिहान फक्तालुङ गाउँपालिका–३ घर भई फुङलिङ बस्दै आएकी १७ वर्षीया पुष्पा लिम्बु मृत अवस्थामा भेटिएकी थिइन् ।
उनको शव जंगल छेउमा शंकास्पद अवस्थामा भेटिएको थियो ।
शवमा चोट पटक देखिएपनि प्रहरीले सामान्य रुपमा लिएको आफन्तले जनाएका छन् ।












प्रतिक्रिया