१९ कार्तिक २०८३, बिहिबार

एमाले बैठक बहिस्कारको हल्ला निराधार भएको तेस्रो धारका नेताको भनाइ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असोज । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक दोस्रो दिन शनिबार पनि बस्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, महासचिव ईश्वर पोखरेलको सांगठानिक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान मस्यौदा प्रस्तावमाथि छलफल हुँदैछ ।

१९ वटा समूहमा भएको छलफलबारे टोली नेताले जानकारी गराएर आवश्यक परिमार्जनपछि पारित गरिने कार्यालय सचिव शेरवहादुर तामाङले बताए ।

उता १० बुँदे सहमति नभएको र बेठक बहिस्कार गर्ने गर्ने भन्ने कुरा हल्ला मात्रै भएको केन्द्रीय सदस्य झपट रावलले बताएका छन् ।

शुक्रबार केही नेताहरुले १० बुँदे केही स्थानमा कार्यान्वयन नभएको भन्दै जवाफ मागेका थिए ।

त्यसपछि अध्यक्ष ओलीले स्थायी कमिटी बसेर समस्याको समाधान गर्ने जनाएका थिए ।

नेताहरुले यस विषयलाई अनर्गल प्रचार गर्दै तेस्रो धारका नेताहरुले बैठक बहिस्कार गर्ने गलत हल्ला भएको बताए ।