४ मंसिर २०८३, शुक्रबार

सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक बस्दै, मन्त्री र मन्त्रालयबारे छलफल हुने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । मन्त्री र मन्त्रालय विभाजनका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धन दलको बैठक आज पनि बस्ने भएको छ ।

मन्त्रीको भागबण्डामा कुरा नमिलेपछि बैठक पुनः बस्न लागेको हो । कुन दलले कति मन्त्रालय पाउने भन्नेमा टुंगो लागेको छैन ।

सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन।

गत २९ असारमा नियुक्त भएका प्रधानमन्त्री शेरवहादुर देउवाको मन्त्रिपरिषद्‌मा कांग्रेसबाट चार जना र माओवादी केन्द्रबाट दुई जना मन्त्री मात्र सहभागी छन् ।