ललितपुर, २८ चैत । कुमारीपाटी जावलाखेल महोत्सव मूल समारोह समितिले आगामी वैशाख ११ र १२ गते सांस्कृतिक तथा ऐतिहासिक पहिचान प्रवद्र्धनका लागि कुमारीपाटी जावलाखेल महोत्सव गर्ने भएको छ ।
आज पत्रकार सम्मेलन गरी इटी चोकदेखि कुमारीपाटी, जावलाखेलसम्मको करिब एक किलोमिटर क्षेत्रमा महोत्सव आयोजना गरिने समितिका अध्यक्ष पुष्परत्न शाक्यले बताउनुभयो ।
अध्यक्ष शाक्यका अनुसार महोत्सवमा ललितपुर क्षेत्रका सांस्कृतिक तथा धार्मिक पहिचानको प्रवद्र्धन र प्रचारप्रसार गरिने छ । दुई दिनसम्म चल्ने महोत्सवमा मनोरञ्जनात्मक कार्यक्रमसमेत समावेश हुनेछन् । यस्तै जीवित देवी कुमारीको दर्शन महोत्सवको विशेष आकर्षण रहने छ ।
सो क्रममा ललितपुरको इटी, कुमारीपाटी, लफाल्हों र जावलाखेल बजारको व्यापार प्रवद्र्धन गरिने ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष अजरमान जोशीले जानकारी दिनुभयो । महोत्सवको उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले उद्घाटन गर्ने कार्यक्रम छ ।















प्रतिक्रिया