गोरखा, ५ असोज । आगलागीमा परेर घाइते भएकी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर २ रून्चेतकी गर्बी गुरूङको उद्धार गरिएको छ ।
असोज १ गते बाख्राको खोरमा आगलागी हुँदा उनी पनि जलेर घाइते भएकी थिइन् । आगलागीले बाख्राका खोरसँगै उनको घरमा पनि क्षति पुर्याएको थियो ।
सुतिरहेकी गुरूङ आगलागीमा परेकी थिइन् । उनका १३ वटा बाख्र पनि जलेर मरेका थिए ।
आगलागीमा परेर घाइते भएकी उनको आर्थिक अभावले गर्दा उपचार गर्न र उद्धारमा ढिलाइ भएको थियो । आज फिस्टेल एअरको हेलिकप्टरमार्फत् उनको उद्धार गरिएको छ ।
उनलाई उद्धार गरी काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको गोरखाका धावा ग्याल्जेन लामाले बताएका छन् । लामाकै संयोजनमा उनको उद्धार गरिएको छ । हेलिकप्टर भाडा भने सुनिश्चित भइसकेको छ ।
उनको उपचारमा आर्थिक सहयोग गरिदिन उनको परिवारले आग्रह गरेका छन् ।











प्रतिक्रिया