३ कार्तिक २०८३, मंगलबार

क्यानडामा प्रधानमन्त्री ट्रुडोले जिते संसदीय निर्वाचन

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्यानडा, ५ असोज । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सांसदका रूपमा आफ्नो सिट सुनिश्चित गरेका छन् ।

उनले कुबेक शहरको पापीनोमा जित हासिल गरेको सीबीसीले जनाएको छ ।

केहीबेरअघि उनी आफ्नो गृह जिल्ला पुगेका थिए। त्यस क्रममा उनले संवाददाताहरूलाई आफूले पापीनोका उत्कृष्ट सांसदलाई मत दिएको बताएका थिए ।

प्रधानमन्त्री ट्रुडोले निर्वाचन अधिकृतहरूको प्रशंसा गर्दै ट्वीट पनि गरेका छन् ।

यसअघि उनको दल लिबरल पार्टीले ट्रुडो प्रधानमन्त्रीका रूपमै कायम रहनका लागि आवश्यक पर्ने सिट सङ्ख्या जित्ने अनुमान क्यानडाका सञ्चारमाध्यमहरूले गरेका थिए ।

सीटीभी र सीबीसी दुवैले लिबरल दलको सरकार बन्ने अनुमान गरेका छन् ।