१९ कार्तिक २०८३, बिहिबार

एमसीसीले सत्ता गठबन्धन धरापमा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ भदाै । प्रधानमन्त्री शेर बहादुर देउवाले जसरी पनि अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का पास गर्न लागेपछि सत्तारूढ गठबन्धन धरापमा पर्न सक्ने देखिएको छ ।

सत्ता गठबन्धनमा रहेका पाँच दलको एमसीसीका सम्बन्धमा पाँच वटै धारणा देखिएपछि गठबन्धनमा विवाद आएको हो ।

सरकारको नेतृत्व गरेको काँग्रेस जसरी पनि संसदबाटै एमसीसी पारित गराउने दाउमा छ तर माओवादीले भने संसदबाट पास गर्न नहुने अडान राखेको छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीले संशोधन नगरी एमसीसी पास गर्न नसकिने भनेको जनाएको छ । उता जनता समाजवादी पार्टीले आफ्नो आधिकारिक धारणा नै दिएको छैन ।

सत्ता गठबन्धनको एक दल राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोधमा सडक संघर्षको घोषणा गरिसकेको छ ।

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आफ्ना सांसदहरुलाई संसदमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएका छन् ।

त्यस्तै, सरकारले एमसीसीको विरोधलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था समेत कडा बनाएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले भने एमसीसी पास नहुने दावी गरे ।