१९ कार्तिक २०८३, बिहिबार

डुवानमा परेका २ सय ६२ जनाको सकुशल उद्वार

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ भदौ । काठमाडौँ उपत्यकास्थित विभिन्न ठाउँहरुमा अविरल वर्षासँगै आएको बाढि तथा डुवानमा परेका २ सय ६२ जना व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

काठमाडौँको कागेश्वरी, काँडाघारी, त्रिपुरेश्वर, गुहेश्वरी, गौरीघाट, थापाथली र सिनामंगलमा अविरल वर्षाको कारण डुवानमा परेका १ सय ५० जनाको सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद् उद्वार सिनामंगलले उद्वार गरेको हो ।

यसैगरी कागेश्वरी नगरपालिका ६ तथा भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका १ र २ बाट ९२ जना व्यक्तिको सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गण गुहेश्वरीले उद्वार गरेको हो ।

यस्तै ललितपुर महानगरपालिका २ गुसिङ्गालमा डुवानमा परेका १४ जनाको सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ गण दक्षिणकालीले उद्वार गरेको हो ।

यस्तै काठमाडौँ महानगरपालिका १३ स्थित कालीमाटी तथा विष्णुमतीको किनारबाट दुई जनाको समेत उद्वार गरिएको छ ।

यस क्रममा ५८ वटा पशुचौपाया तथा डुवानमा परेका घरपरिवाका विभिन्न सामान समेत सुरक्षित स्थानमा स्थानानन्तर गर्ने कार्य समेत भएको छ ।