
काठमाडौँ, २२ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप १ हजार ६७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ११ हजार १११ र एन्टिजेन विधिबाट ३ हजार ९२३ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ६७७ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख ५७ हजार ८९५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ७२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ३१ हजार जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ जना रहेको छ ।
मन्त्रालयका अनुसार ५१४ संक्रमित आइसीयुमा छन् भने १५४ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हालसम्म ५० लाख १२ हजार ८२१ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ५६ लाख ३ हजार ७५७ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ८७९ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया