१९ कार्तिक २०८३, बिहिबार

पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

चितवन, २२ भदौ । पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।

पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिउ ।

पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उनले बताए । –रासस