
झापा, २० भदौ । झापामा बिरिङ खोला किनारमा आमाछोरा मृत फेला परेका छन् ।
प्रहरीका अनुसार मोरङ सुनबर्षीकी ३८ बर्षीया उमा विक र उनका अढाई बर्षीय छोरा शिशिरको शव खोला किनारमा फेला परेको हो ।
करिब एक किलोमिटरको अन्तरमा रहेको शवमध्ये आमाको आइतबार विहान १० बजे र छोराको शव अपरान्ह १ बजे फेला परेको प्रहरीको भनाइ छ ।
उनीहरु कनकाई नगरपालिका वडा नं. ८ मा रहेको माइतीघरमा बस्दै आएकी उमाका श्रीमानको यसअघि नै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
उनीहरु शनिबार विहान परिवारका कसैलाई थाहा नदिइ घरबाट निस्केका प्रहरीले जनाएको छ ।












प्रतिक्रिया