१८ कार्तिक २०८३, बुधबार

पार्टीभित्र व्यक्तिगत स्वार्थ र महत्वकांक्षा गौण होः सासंद सिग्देल

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-वि वि श्रेष्ठ

तनहुँ, १९ भदौ । प्रतिनिधिसभाका सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी(एमाले) तनहुँका अध्यक्ष केदार सिग्देलले विगतमा जे जस्तो गतिविधिमा संलग्न भएता पनि आत्मालोचना गरेर पार्टीमा नै फर्कन आग्रह गरेका छन् ।

लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्नुभएको आदरणीय नेताहरुले नयाँ पार्टी गठन गरेर कम्युनिष्ट आन्दोलन नै कमजोर वनाएको हुदाँ नेकपा(एमाले)मा नै फर्केर एकजुट हुन आग्रह गरेका हुन् ।

नेकपा एमाले फुटाउन नेपालको शक्ति मात्र नभै विदेशी समेत लागेर पार्टी फुटाउन सफल भएको छ । यसमा नेपालको नेताहरु भन्दा पनि वाहिरी चलखेलले काम गरेको तर नेताहरु प्रयोग भएको बताए ।

विश्वमा नै कम्युनिष्ट आन्दोलन कमजोर वनाउन विदेशी शक्ति सफल भएको छ, त्यसैले त्यो सवै चिर्नका लागि नेपालको कम्युनिष्ट एकजुट हुन पर्ने बताए ।

नेकपा एमालेको विभाजनले विश्वमानै नकारात्मक सन्देश प्रवाह भएको छ । लामो समयसम्म कम्युनिष्टमा आवद्ध हुनु भएका सम्पुर्ण लाई पार्टी मा फर्केर समृद्ध नेपाल सुखी नेपाली वनाउने महाअभियानमा सरिक बन्नुहोस्, सासंद सिग्देलले बताए ।

पार्टी कुनै व्यक्ति विशेषको नभै सामुहिकतामा चल्ने पार्टी हो । विषयमा विविधता हुनु स्वभाविकता हो । व्यक्तिगत स्वार्थ र ईच्छाले पार्टी चल्दैन । पार्टी त विचारको भण्डार हो । तसर्थ पार्टीको मुलधारमा फर्केर काम गर्नुहोस् । सासंद सिग्देलले भने ।

पार्टीभित्र व्यक्तिगत स्वार्थ र महत्वकांक्षा गौण हो । जनताको परिवर्तन र विकास नै एमालेको मुल मन्त्र हो, यसका लागी एकतावद्ध एमाले नै अहिलेको आवश्यकता हो । अवसरवादी चरित्रले व्यक्तिको उठान होला, तर समाज र देश वन्न सक्दैन, सासंद सिग्देलले भने ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) आवुँखैरेनी गाँउ कमिटीद्धारा आयोजित अगुवा कार्यकर्ता भेलामा सासंद सिग्देलले सो कुरा बताएका हुन् ।

गाँउ कमिटीको अध्यक्ष मिना अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एक वहादुर राना, जिल्ला कमिटीका सदस्य ईन्द्र कुवँर प्रदेश कमिटी सदस्य देवकोटा लगायत वडाध्यक्ष हरुको उपस्थिती रहेको थियो ।

साथै सो कार्यक्रममा सहभागीहरुले एमालेवाट निर्वाचित जनप्रतिनिधीहरु कुनै पनि पार्टीमा नलाग्ने पनि बताएका थिए ।