१८ कार्तिक २०८३, बुधबार

थप १२ सय ६८ जनामा संक्रमण हुँदा २१ सय ९५ निको, ९ को मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप १ हजार २६८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ७५३ र एन्टिजेन विधिबाट ३ हजार १२२ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार २६८ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख ५३ हजार २३२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार १९५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख २५ हजार ६५१ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ८२६ जना रहेको छ ।

मन्त्रालयका अनुसार ५४० संक्रमित आइसीयुमा छन् भने १५६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म ४८ लाख ६३ हजार ८३५ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ५५ लाख ११ हजार ९२९ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ८१८ जना पुगेको मन्त्रालयले जनाएको छ ।