
-वि वि श्रेष्ठ
तनहुँ, १९ भदौ । नेपाली काँग्रेस व्यास नगरपालिका वडा नं १४ को सभापतिमा नरिमाया राना निर्वाचित भएकी छन् ।
१०५ जना क्रियाशिल रहेको वडा न. १४ मा सभापतिमा आकांक्षीहरु बीचमा सहमति हुन नसकेपछि चुनावमार्फत नरिमाया रानाले ७७ मत प्राप्त गरि विजयी बनेकी हुन् । सभापतिका आकांक्षी दुर्गा वहादुर आलेले २३ मत र अर्का प्रतिद्धन्द्धी सरास्वती थापाले ५ मत प्राप्त गरेका थिए ।
यसैगरि उपसभापतिमा वावुकाजी श्रेष्ठ र नर वहादुर थापा, सचिवमा पुण्य प्रसाद भट्टराई र हिरा वि.क., सहसचिवमा भक्त थापा सर्वसम्मत रुपमा चयन भएका छन् । यो सँग व्यास नगरपालिका १४ वटा वडा भित्र नरिमाया रानामात्र महिला सभापति भएकी हुन् ।
यसैगरि हिजो भएको वडा अधिवेशनवाट क्षेत्रिय प्रतिनिधीहरुमा काजीमान श्रेष्ठ, होमलाल थापा, रिकेश थापा, युवराज आले, पदम वहादुर थापा, गोकुल थापा, नन्द कुमारी थापा, गुन वहादुर राना, नेत्र माया थापा, सिता सुनार, गोपाल थापा, विष्णुमाया थापा, रविन्द्र वरकोटी, विमला पन्त, दल वहादुर थापा, विश्व कुमार वुढा सर्वसम्मत रुपमा चयन भएका छन् ।
यसैबीच नवनिर्वाचित वडासभापतिले मतदान मार्फत विजयी बनाउने सबैमा आभार प्रकट गरेकी थिइन् भने प्रतिष्पर्धीहरु सबैसँग मिलेर अगाडी बढ्ने बताएका थिए ।
सर्वसम्मति हुन नसकेपछि मतदानमा जानु लोकतान्त्रिक पक्रिया भएको हुदाँ यसमा कसैले चित्त दुखाउन नहुने समेत बताए ।
निर्वाचित वडा सभापति राना व्यास नगरपालिकाका कार्यकारिणी सदस्य समेत हुन भने सभापतिका आकांक्षी दुर्गा वहादुर आले केशवटार माविका निवर्तमान प्रधानाध्यापक हुन भने अर्का प्रतिष्पर्धी सरास्वती थापा नेपाली काग्रेस व्यास १४ का कार्यवाहक सभापति थिए ।













प्रतिक्रिया