१७ कार्तिक २०८३, मंगलबार

थप २ हजार बढीमा काेराेना संक्रमण, १ हजार ८४६ निको, १६ को मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप २ हजार ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार ६५८ र एन्टिजेन विधिबाट ३ हजार ९९२ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख ५० हजार २०८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ८४६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख २१ हजार १८२ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ जना रहेको छ ।

मन्त्रालयका अनुसार ५४४ संक्रमित आइसीयुमा छन् भने १६६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म ४६ लाख ७७ हजार ९७६ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ५४ लाख २५ हजार ८३६ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ७८६ जना पुगेको मन्त्रालयले जनाएको छ ।