१७ कार्तिक २०८३, मंगलबार

माओवादीसँग पार्टी एकताको सम्भावना छैनः माधव नेपाल

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालले नेकपा माओवादी केन्द्रसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् ।

सिंहदरबारमा बिहीबार पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहणका कार्क्रममा नेपालले माओवादीसँग एकताको सम्भावना नरहेको बताएका हुन् ।

सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै आफ्नो पार्टी माओवादीसँग विलिन नहुने बताएका हुन् । उनले भने, ‘हाम्रो पार्टी माओवादी केन्द्रमा मिल्छ वा विलिन हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । हाम्रो पार्टी क्रान्तिकारी विचारको आधारमा निर्माण भएको छ । यो केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर बनेको पार्टी हो ।’

त्यस्तै, उनले भदौ २३ गते अघि मन्त्रिपरिषद विस्तार सम्भव नरहेको पनि दावी गरे ।

सरकारमा सहभागी हुन मन्त्रालय डिल गरिरहका उनले भने, ‘मन्त्रिपरिषद विस्तारका विषयमा २२/२३ गतेसम्म त कसैले पनि चुइक्क बोल्दैन । त्यस बारेमा अहिले केही चर्चा हुँदैछ । हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौं ।’