१७ कार्तिक २०८३, मंगलबार

काँग्रेस महामन्त्रीका उम्मेद्वार गगन थापा पौडेल समूहको पत्रकार सम्मेलनमा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ भदौ । नेपाली काँग्रेसका रामचन्द्र पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मलेनमा नेता गगन थापा उपस्थित भएका छन् ।

पार्टीको आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार घोषणा गरेका थापा पौडेल समूहको पत्रकार सम्मेलनमा सहभागी हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघिको महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको प्यानलबाट लडेका थापा अहिले भने पौडेल समूहमा नजिकिँदै गरेको बुझिएको छ ।

पौडेल समूहले साझा उम्मेद्वारीको घोषणा गर्ने भने पनि टुंगो लागेको छैन । यद्दपी सो समूहले बिहीबार पत्रकार सम्मेलन गरेर एकताको सन्देश भने दिन खोजेको छ ।