१७ कार्तिक २०८३, मंगलबार

म पार्टी विभाजनको पक्षमा छैनः मुख्यमन्त्री शाक्य

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १६ भदौ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनको पक्षमा कहिल्यै नरहेकोे बताएकी छन् ।

बुधबार नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा बोल्दै उनले नेपालको कम्युनिष्ट आन्दोलनमा लागेदेखि नै आफू कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताइन् ।

‘म पार्टी विभाजनका पक्षमा हिजो पनि थिइनँ, आज पनि छैन,’ मुख्यमन्त्री शाक्यले भनिन् । आगामी दिनमा संविधानअनुसार सरकार सञ्चालन गर्ने बताउँदै उनले पार्टी विभाजन प्रदेश र मुलुककै लागि दुःखद् भएको बताइन् ।

मुख्यमन्त्री शाक्यले दल परिवर्तन गर्ने आफ्ना दलका प्रदेशसभा सदस्यसँग तथा अन्य दलसँग समेत वार्ता गरी आफ्नो सरकारलाई निरन्तरता दिने वातावरण बनाउने बताइन् ।

पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पार्टीलाई एकताबद्ध गरेर जाने नीतिअनुरुप आफूले मुख्यमन्त्रीबाट बिदा लिएको र पार्टी एकताकै लागि नेतृ शाक्यले मुख्यमन्त्रीको पद सम्हालेको बताए ।

एमाले एकजुट भएर शाक्य नेतृत्वको सरकारलाई निरन्तरता दिन अहम् भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

बैठकमा प्रदेशसभा सदस्यले सरकारले र पार्टीले आगामी दिनमा अवलम्बन गर्ने नीतिका बारेमा जिज्ञासा राखेका थिए । –रासस