
काठमाडौँ, १६ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई दिइने नियमित खोपहरू नछुटाउन आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै कोरोनाभाइरस (कोभिड–१९) जोखिम तथा महामारीका बेलामा पनि बालबालिकाको नियमित खोप सुचारु भइरहेकाले खोप तालिकाअनुसार सबै खोपको मात्रा नछुटाई पूरा गराउन आह्वान गरेको हो ।
१५ महिना मुनिका बालबालिकालाई विभिन्न रोग विरुद्धका खोप अनिवार्य रुपमा लगाउनुपर्छ ।
जन्मने वित्तिकै बिसिजी, जन्मेको ६ हप्तामा रोटा पोलियो एफ.आई.पि.भी., पि.सि.भी., डि.पि.टी., हेप बी.हिब, यस्तै १० हप्तामा रोटा, पोलियो, पि.सि.भी., डि.पि.टी., हेप. बी.हिबको लगाइन्छ भने जन्मेको १४ हप्तामा पोलियो, एफ.आई.पि.भी, डि.पि.टी, हेप.बी.बिब, यस्तै ९ महिनामा पिसि.भी, दादुरा, रुवेला खोप दिइन्छ ।
यस्तै बच्चा १२ महिनाको हुँदा जापानिज इन्सेफलाइटिसको खोप दिइन्छ र १५ महिना पुगेपछि दादुरा, रुवेलाको खोप अनिवार्य रुपमा लगाइने गरिन्छ ।
नियमित खोप नलगाउँदा बालकालिकालाई अन्य संक्रामक रोगले सताउने समेत मन्त्रालयले सचेत गराएको छ ।












प्रतिक्रिया