१७ कार्तिक २०८३, मंगलबार

एमालेद्वारा निर्वाचन आयोग र सभामुखविरुद्ध रिट दर्ता

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ भदौ । नेकपा एमालेले सभामुख र निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ ।

एमालेले वुधबार अदालतमा निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घतीविरुद्ध तीनवटा रिट निवेदन दर्ता गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जनाएका छन् ।

निवेदनमा निर्वाचन आयोगले पार्टीले कारवाही गरेका सांसदहरुको हस्ताक्षकै आधारमा एमाले फुटाउने नियतले निर्णय गरिएको उल्लेख गर्दै अन्तरिम आदेशको माग गरिएको छ ।

त्यस्ते, सभामुख सापकोटाविरुद्ध कारवाही गरिएका सांसदहरुबारे सूचना टाँस नगरी एमाले फटाउन भूमिका खेलेकाले रिट निवेदन दर्ता गरेको हो ।