१७ कार्तिक २०८३, मंगलबार

प्रचारका लागि होइन जीवनका लागि सहयोग गर्दै राजेश

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ १५ भदौ । आजको अत्याधुनिक विकास तथा सम्पन्नतासँगै मानिसको मनमा मानवताको खडेरी लागेको आभास हुन्छ ।

मानवीय मूल्य, मान्यता, प्रेम तथा भातृत्वलाई समेत वस्तु तथा पैसासँग तुलना हुन थाल्नु आफैँमा उदेक लाग्दो हो ।

मानिसको आफ्नै स्वार्थ तथा बाध्यताले जीवनलाई निर्देशित गरेको हुन्छ । व्यापार व्यवसाय मानिसका आआफ्नै छनोट हुने गर्छन् । त्यस्तै, सेवाको विषय पनि रुचिकै हुनुपर्छ ।

नत्र मानिस इमानदारीताका साथ टिक्न मुश्किल हुने गर्छ । किनकी आफ्नै आवश्यकता तथा विवशता हुने गर्दछ । तर पनि मानिसले आफ्नो जीवनको सार्थकता हासिल गर्न हरेक तवरले प्रयास गर्दछ ।

समाजमा सहयोगी मनका आशा गरेर बसेका धेरै आवश्यकता भएका मानिसहरु अझै पनि हाम्रो समाजमा हुने गर्छन् । रहर कसैलाई पनि हुन्न कि दुःखी बनौँ वा कसैलाई सहयोग मागौँ ।

सायद नियतिको खेल हुँदो वा अन्य कुनै कारण । खैर जे होस् साँच्चै समस्यामा परेका मानिसहरुलाई विभिन्न तवरले सहयोग तथा उद्धार गर्नु साँचो अर्थमा धर्म मानिन्छ ।

यस्तै विचारका साथ विगत केही महिनादेखि अनवरत रुपमा आवश्यक परेका मानवलाई साथ दिँदै आएका छन्, संखमुल निवासी राजेश भट्टराई ।

कोरोनाका कारण संसारै आजित र तड्पिएको देखेपछि राजेशले जीवनलाई आवश्यक परेका मानिसहरुको सेवामा लगाउनु पर्ने अनुभूति भएपछि उनको जीवनको अर्को मोड सुरु हुन्छ ।

सारा संसार प्रभावित बन्दा उनी आफूलाई पनि पक्कै गाँजेकै थियो । यद्दपी त्यो परिस्थितिको सामना गर्दै आफ्नो तर्फबाट अरुको सास जोगाउने अभियानमा लागे राजेश ।

त्यसपछि आफ्नै परिवेश वरपर अप्ठ्यारामा परेका दुःखी गरिब, असहाय, वृद्धवृद्धाहरुलाई आफ्नै पहलमा आर्थिक जुटाएर खाना खुवाउने तथा औषधि उपचारमा सहयोग गर्न थाल्छन् ।

घर नजिकै डेरामा बसेकाहरुमा भएका समस्यामा उनी साथ बनिदिन्छन् । राजेशले लकडाउन सुरु भएसँगै आफ्नै नजिकैमा रहेका समस्यामा परेका दीनदुःखी, असाहयलाई खोजेर सेवा गर्न थाले ।

त्यति मात्र नभएर कुलतमा फँसेका मानिसहरुका लागि पनि आवश्यक भूमिका खेलेर उनीहरुको जीवनमा सकारात्मक परिवर्तनका लागि राजेशले आफूलाई समर्पित गरेका छन् । कतिको जीवनमा उनकै कारण आमूल रुपमा रपान्तरण भएको उनको साथ पाएकाहरु बताउँछन् ।

सानैदेखि भावुक र सहयोगी भावनाका भट्टराई दोस्रो लकडाउनपछि भने समाजसेवीकै रुपमा आफूलाई हिँडाइरहेका छन् । संखमूलमा समाजसेवाकै कारण चर्चा बटुलेका उनले अहिले पनि निरन्तर आवश्यक मानिसहरुलाई सहयोग जारी नै राखेका छन् ।

‘लकडाउन खुलेपनि कोरोना सकिएको छैन’, उनी भन्छन्, ‘लकडाउन र कोरोनाका कारण सिर्जित समस्या अझै पनि उस्तै छ, रोजगारमा गुमेका कारण झन् भोकमरी बढेको उनको बुभाइ छ ।’

राजेशले हालसम्म करिब छ सय मानिसहरुलाई सेवा गरेका छन् । यद्दपी उनी आफू प्रचारबाजीका लागि समाजेसेवा नगर्ने बताउँछन् ।
चामल, दाल, नुन, तेल, सोयाविन, चिउरा, विस्कुट लगायतका खाद्यन्न बाँडेका उनले जोड घटाउ गरेका छैनन् ।

‘जब कसैले मैले यति गरेँ, उती गरेँ र यति बराबरको गरेँ भन्दै जोड्दै बस्छ, त्यो वाास्तविक समाजसेवी हुन सक्दैन ।’ भन्ने उनको तर्क छ ।
निकै समय अक्सर व्यक्तिगत रुपमा समाजसेवा गरेका भट्टराई केही नजिकका साथीहरुले सहयोग गरेको सम्झिन्छन् ।

फोटो खिचाउने र मिडियामा प्रचारबाजीको मानसिकता नरहेको बताउने उनी आउँदा दिनमा पनि यसैगरी समाजसेवालाई निरन्तरता दिन चाहन्छन् ।

उनले भन्छन्, ‘जिन्दगीमा मरेर लैजानु के छ र ? जे छ अहिले गर्ने हो । जब अरुलाई खुसी बनाउन सकिन्छ, आफू यत्तिकै खुसी हुन सकिन्छ नि ।’

हाल आफ्नै संखमूल क्षेत्रमा सहयोग गरिरहेका उनी आगामी दिनमा काठमाडौँ भरी समाजसेवा गर्ने बताउँछन् ।

सुरुमा हचुवाको भरमा सानो सहयोगले सुरु गरेको बताउँदै अब सबैभन्दा ठूलो यही भन्ने महसुस भएको छ । उनी भन्छन्, ‘अब त यो मेरो सबैभन्दा ठूलो धर्म हो कि भन्ने महशुस भएको छ । अब यो किसिमको काम लकडाउन हुँदा पनि, नहुँदा पनि निरन्तर गर्नेछु । भगवानको आर्शिवाद रहिरहोस् ।’