१७ कार्तिक २०८३, मंगलबार

बाँकी जीवन कुनै पनि कार्यकारी पदमा रहन्नँः झलनाथ खनाल

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ भदौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू आफ्नो बाँकी जीवनमा कुनै पनि कार्यकारी पद नलिने घोषणा गरेका छन् ।

सोमबार भारतको एपोलो अस्पतालमा उपचार गराएर फर्किएका नेता खनालले आफु अब राष्ट्रियता, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनप्रति समर्पित रहने बताएका छन् ।

उनले आफ्नो जीवन ‘बोनस’को जीवन भएको भन्दै देश, राष्ट्रियता र नेपाली मोडलको समाजवाद निर्माणका निम्ति खर्चिने बताए ।

“यसै पनि ७१ वर्ष पार भएको छु, अब मेरो बाँकी जीवन बोनसको जीवन हो,” खनालले भने, “त्यसैले मेरो बाँकी जीवन देश, राष्ट्रियता, लोकतन्त्र र नेपाली मोडलको समाजवाद निर्माणमा लगाउँछु ।”