काठमाडौं, १४ भदौ । मन्त्रिमण्डललाई पूर्णता दिन बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतको उपस्थिति रहेको छ ।
कांग्रेसका नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत सहभागी छन् ।
माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी छन् । जसपाबाट अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन् ।
एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल र राष्ट्रिय सभामा दलका नेता बेदुराम भुसाल सहभागी छन् ।











प्रतिक्रिया