गजनी (अफगानिस्तान), २७ चैत । अफगानिस्तानको गजनी प्रान्तको एक सडकमा शुक्रबार राखिएको बम विस्फोटमा परी १२ सर्वसधारणको मृत्यु भएको छ ।
प्रान्तीय प्रहरी प्रमुख मोहमाद अलि अहमदीले सो जानकारी दिनुभएको छ । गजनी प्रान्तको खोगीआनी जिल्लाको देहमुल्ललाह गाउँमा राखिएको सो बममा सर्वसाधारण सवार रहेको एक सवारीसाधन ठोक्ँिकदा उक्त दुर्घटना भएको जनाइएको छ ।
स्थानीय समायाअनुसार शुक्रबार बिहान १० बजे भएको सो बम विस्फोटनमा परी १२ व्यक्तिको मृत्यु भएको अहमदीले स्थानीय समाचारदाताहरुलाई जनाएका छन् ।
सो बम आक्रमणमा परी मारिएकामा ६ महिला र ६ बालबालिका रहेका पनि जनाइएको छ । सो क्षेत्रमा यसअघि पनि यस्तै आक्रमण गरिएको थियो ।
तालिवान आतङ्ककारी समूहद्वारा गरिएको यो एक भिषण बम आक्रमण भएको जनाइएको तालिवान आतङ्ककारी समूहले यस विषयमा केही टिप्पणी भने नगरेका जनाइएको छ । रासस/सिन्ह्वा















प्रतिक्रिया