४ मंसिर २०८३, शुक्रबार

बागलुङमा नेकपा (एकीकृत समाजवादी)को संयोजकमा थापा चयन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १३ भदौ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बागलुङमा लालबहादुर थापाको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति गठन भएको छ ।

भुपाल चालिसेको संयोजकत्वमा भरत पुरी, जीवन आचार्य र हिमाल शर्मा सदस्य रहेको ४ सदस्यीय कार्यालय व्यवस्थापन उप–समिति गठन गरेको संयोजक थापाले जानकारी दिए ।

शालिकराम शर्माको संयोजकत्वमा सामाजिक संघसंस्था समन्वय उप–समिति, जीवन आचार्यको संयोजकत्वमा चक्र थापा र डम्बर श्रीस सदस्य रहेको ३ सदस्यीय जनप्रतिनिधि समन्वय उप–समित गठन भएको छ ।

सुरज बोसेलको संयोजकत्वमा प्रदीप आचार्य, फडिन्द्र खड्कासहितको ३१ सदस्यीय युवा तथा खेलकुद जिल्ला भेला आयोजक कमिटी लगायत पालिका, जनसंगठन, पेशागत संगठनका विभिन्न उप–समिति गठन गरिएको थापाले बताए ।

भदौ महिनाभित्र जिल्ला भेला हुने र जिल्ला भेलाले पदाधिकारी टुङ्गाउन लगाएपछि जिल्लाभर संगठन विस्तार हुनेछ ।