
काठमाडौँ, १२ भदौ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेसँग कसैसँग लड्न नसक्ने बताएका छन् ।
उनले एमाले महासागरजत्रो पार्टी भएको बताउँदै एमालेसँग कोही लड्न नसक्ने बताए ।
ओलीले शनिबार एक कार्यक्रममा भने, ‘एक एक दर्जनका १० वटा पार्टी मिल्यो भने १० दर्जन नै त हुन्छ । १० दर्जनको मोर्चा कसेर एमालेसँग लड्ने ?’ उनले भने, ‘अरुले मोर्चाले कसुन्, नेकपा एमाले ढोडका लौरा समातेर जंघार तर्ने पार्टी होइन, यो पार्टीसँग पौडिएर तर्ने क्षमता छ ।’
उनले माधव नेपाललाई लक्षित गर्दै महासागर जत्रो पार्टीमा पोडिन छोडेर खाल्डो खनेको टिप्पणी गरे ।
उनले भने, ‘महासागरजत्रो पार्टी छ, पौडी खेल्न पुगेन भनेर खाल्डो खन्छन् । कोही मान्छेलाई सानै भएपनि आफ्नो घरको राजा हुन मन लाग्छ ।’












प्रतिक्रिया