१७ कार्तिक २०८३, मंगलबार

कैलालीमा नदी तर्दा बेपत्ता युवक अझै अज्ञात

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १२ भदौ । कैलाली र कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदी तर्ने क्रममा बेपत्ता भएका एक युवक अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।

कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार कञ्चनपुरबाट काम गरी घरतर्फ आउँदै गरेका धनगढी उपमहानगरपालिका–३ का २८ वर्षीय पुरन राना नदी तर्ने क्रममा शुक्रबार साँझ ६ बजे बगेर बेपत्ता भएका थिए ।

उनीसँगै आएका लक्षमण राना, सुशील राना भने नदी तर्न सफल भएको प्रहरीले जनाएको छ । बेपत्ता रानाको खोजीकार्य जारी रहेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

कैलालीको धनगढी उपमहानगर–३ र कञ्चनपुरको राजघाट जोड्ने पक्की पुलमा बाढीले क्षति पुगाएपछि आवागमन बन्द छ । –रासस