काठमाडौं, १२ भदौ । शनिबार मौसममा केही सुधार हुने हुने भएको छ । केही दिनयता परेको लगातार परेको झरी केही कम हुँदै जानेछ ।
पानी पार्ने मनसुनी प्रणाली केही कमजोर हुँदै जाने भएपछि लगातार झरी पर्ने क्रम रोकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने सम्भावना छ ।
राति देशभरको मौसम पूर्णदेखि सामान्य बद्ली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।
केही नदी तथा खोलामा पानीको सतहले खतराको तह पार गर्न सक्ने अनुमान छ ।
महाकाली, नारायणी, तिनाउ र कमला नदीमा बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
डडेल्धुरामा गएको २४ घण्टामा १ सय ४३ दशमलव ६ मिलिमिटर, नवलपुरमा १ सय ६० दशमलव ६ मिलिमिटर, रुपन्देहीमा १ सय ६१ मिलिमिटर, धनुषामा २ सय २३ दशमलव ४ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।











प्रतिक्रिया