१३ कार्तिक २०८३, शुक्रबार

चैतभित्र सहमति नभए प्रक्रियाको विकल्प छैन : सभाध्यक्ष नेम्वाङ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Subash-Nemwangकाठमाडौँ, २७ चैत । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलहरूबीच यही चैत ३० गतेभित्रमा सहमति नभएको खण्डमा प्रक्रिया अगाडि बढ्ने बताउनुभएको छ ।

कोइराला सेवा समाज नेपालद्वारा यहाँ आज आयोजित सम्मान कार्यक्रममा अध्यक्ष नेम्वाङले अबको दुई तीन दिनभित्रमा संविधानका विवादित विषयमा वा प्रक्रियाका लागि दलहरूको बीचमा सहमति नभएको खण्डमा संविधानसभाको आफ्नो नियमअनुसार प्रक्रिया अगाडि बढाउनुको विकल्प छैन भन्नुभयो ।

“मुलुकको अहिलेको मूल अभियान भनेको संविधान निर्माण गर्नु हो, त्यसैले जतिसक्दो चाँडो संविधान जारी गर्न नागरिक समाज, वौद्धिक वर्गलगायत सबैले राजनीतिक दलका शीर्ष नेतालाई सकारात्मक दबाब दिनु आवश्यक छ”–अध्यक्ष नेम्वाङले भन्नुभयो । दलहरूले संविधान बनाउन नसकेको भन्दा पनि नचाहेको उहाँको भनाइ छ ।