१७ कार्तिक २०८३, मंगलबार

हवाई मार्ग हुँदै हुम्ला बाहिरिनेलाई परिचयपत्र अनिवार्य

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला, ११ भदौ । सिमकोट विमानस्थलले हवाई मार्ग हुँदै जिल्ला बाहिरिने यात्रुलाई विवरण खुल्ने परिचय पत्र अनिवार्य गरेको छ ।

यसअघि परिचयपत्र नहुँदा पनि हवाई मार्गबाट जिल्ला बाहिर जान सकिन्थ्यो ।

विमानस्थलका प्रमुख मोहन गिरीले हवाई मार्ग हुँदै जिल्ला बाहिरिँदा आफ्नो परिचय खुल्ने प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने प्रावधान गरिएको जानकारी दिए । उनका अनुसार अन्य विमानस्थलका यस्तो प्रावधान छ । –रासस