२८ आश्विन २०८३, बुधबार

इराकमा मारिएका नेपालीको सम्झनामा चलचित्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

12-nepali-ek-chihan

काठमाडौ । करिब १० वर्ष अघि इराकमा मारिएका १२ नेपालीको कथामा आधारित ‘१२ नेपाली एक चिहान’ नामक नेपाली चलचित्र निर्माण गरिएको छ ।

गएको भदौ ३ गतेदेखि निर्माण सुरु गरिएको सो चलचित्रमा श्रमको खोजीमा जाने नेपाली युवालाई अवैधानिक तरिकाले विदेश नजान सन्देश दिइएको छ ।

जई हनुमान क्रिएसन प्रालिले करिब ७५ लाखको लागतमा निर्माण गरेको चलचित्रबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्र निर्देशक अरुणकुमार प्रधानले सो घटनामा मारिएका आठ परिवारका अभिभावकसँग प्रत्यक्ष कुराकानी गरी उनीहरुको अनुमति लिएर चलचित्र निर्माण गरेको बताउनुभयो ।

गएको वैशाख ६ गते हङकङमा यो चलचित्रको प्रथम प्रदर्शन गरिएको थियो ।

विसं २०६९ साउन ४ गते चलचित्र विकास बोर्डबाट अनुमति लिई चलचित्र निर्माण गरिएको र त्यसलाई बोर्डले प्रदर्शनको अनुमति दिएपछि नेपालमा छिट्टै प्रदर्शनमा ल्याइने बताइएको छ ।

चलचित्रमा राजन खतिवडा, उत्तमजङ्ग लिम्बु, विक्रम सिंह, जतिन ताम्राकार, रविन्द्र झा, बबिता लिम्बु, श्रृजना राई, उमा कार्कीलगायतले अभिनय गर्नुभएको छ ।

यसैबीच, श्री विष्णु फिल्मस् प्रालिको प्रस्तुति ‘जोडी नम्बर १’ यही जेठ १६ गतेदेखि प्रदर्शन गरिने भएको छ । कलाकार दिलीप रायमाझी, निखिल उप्रेती, झरना थापा, अरुणिमा लम्साल, किरण केसी, सुनिल थापा, निर शाह, अशोक शर्मा र रामचन्द्र अधिकारीलगायतले अभिनय गर्नुभएको छ ।

उदय सुब्बाले निर्देशन गरेको चलचित्रका लागि कृष्णहरि बराल तथा दयाराम पाण्डेले गीत रचना गर्नुभएको छ ।