४ मंसिर २०८३, शुक्रबार

पूर्वी नवलपरासीमा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

नवलपरासी, ११ भदौ । बाढीले पूर्वी नवलपरासीको नवलपुर–२३ स्मृति नजिक डाइभर्सन बगाउँदा पूर्व–पश्चिम महेन्द्र राजमार्ग बन्द भएको छ ।

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन गएराति बाढीले बगाएपछि राजमार्ग पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी मधुसुदन सिंहले जानकारी दिए ।

निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्ण रुपमा क्षति पुगेकाले तत्काल मर्मत गरेर सञ्चालन गर्न कठिन रहेको सिंहले बताए ।

गैँडाकोट थुम्सी, भेडाबारी लगायतका ठाउँमा रहेका डाइभर्सनबाट समेत गाडी सञ्चालनमा कठिनाइ भएको छ । बाढीका कारण अन्य डाइभर्सनबाट समेत ‘ओभर फ्लो’ भएकाले गाडी आवतजावत बन्द भएको हो ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत दाउन्नेको विभिन्न ठाउँमा पहिरो गएको छ ।