१७ कार्तिक २०८३, मंगलबार

राहुघाट खोला थुनिएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

म्याग्दी, १० भदौ । पहिरोलेराहुघाट खोला थुनिएर ताल परेको र त्यो फुटेर तल्लो तटीय क्षेत्रमा जोखिम निम्तन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

बागलुङ भएर बग्ने कालीगण्डकी नदीको सहायक खोला राहुघाट पहिराले थुनिएर ताल परेकाले जोखिम निम्तन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणमा सतर्क रहन आग्रह गरेको हो ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ रायखोरको मूलपानी र वडा नं ७ चिमखोलाको गौडामुनीबाट आज बिहान खसेको पहिराले राहुघाट खोला थुनिँदा ५० मिटर गहिरो र ५०० मिटरभन्दा लामो ताल परेको जनाइएको छ ।

पहिरो खस्ने क्रम अहिले पनि नरोकिएकाले लामो समयसम्म खोला थुनिएर एक्कासी ताल फुट्न गई कालीगण्डकी नदीमा जोखिम निम्तन सक्ने खतरा छ ।

तटीय क्षेत्रमा बसोबास गर्ने र आउजाउ गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल विकले बताए । –रासस