
काठमाडौँ, ८ भदौ । काठमाडौँ उपत्यकामा राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी संचालनमा गर्न नपाइने निर्णय खारेज भएको छ ।
यसअघि राती ८ बजेपछि सवारी चल्न नदिने निर्णय प्रशासनले खारेज गरेको हो ।
मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब भदौ ९ गतेदेखि राति ८ बजेपछि पनि निजी तथा सार्वजनिक सवारी संचालन गर्न दिने निर्णय गरेको छ ।
यद्यपि उपत्यकामा निषेधाज्ञाको भने थप एक हप्ताका लागि थपिएको छ । संक्रमणको जोखिम कायम रहकाले निषेधाज्ञा थप गरिएको बताइएको छ ।
स्थानीय प्रशासनले सभा, सम्मेलन, सिनेमा हल, डान्सबार, स्विमिङ पुल र खेलकुद प्रतियोगिता आयोजना गर्न रोक लगाउनको यसअघिको निर्णयलाई निरन्तरता दिएको छ ।
त्यस्तै, जुलुस गर्न र भौतिक उपस्थितिमा शैक्षिक संस्था संचालन गर्न पनि निषेध गरिएको छ ।












प्रतिक्रिया