
काठमाडौँ, ८ भदौ । विदेश उड्न लागेका युवक गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
विमानस्थल सुरक्षा कार्यालयले चितवन जिल्लाको खैरेनी–१० घर भएका २९ वर्षीय बुद्धिराज पाठकलाई पक्राउ गरिएको जनाएको छ ।
मंगलबार उनी कतार एयरवेजको उडानमार्फत दोहा जान लागेका थिए ।
लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गाँजासहित उनलाई पक्रेर विमानस्थल प्रहरीलाई जिम्मा लगाएको छ ।












प्रतिक्रिया