– रामसुन्दर आचार्य
काभ्रे, २७ चैत । नेकपा एमालेका सचिव योगेश भट्टराइले संघीयता र शासकीय स्वरुपमा एमाले आफ्नो ऐजेन्डा भन्दा पछि नहटेको स्पष्ट पार्नु भएको छ ।
शुक्रबार प्रेस चौतारी नेपाल मध्यमाञ्चल क्षेत्रको भेलालाई काभ्रेको बनेपामा सम्बोधन गर्दै एमालेका प्रचार विभाग प्रमुख समेत रहेका भट्टराइले एमालेले कांग्रेससँग संविधान निमार्णका लागि मात्रै शासकीय स्वरुपमा केही सम्झौता गरेको गरेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो ‘पार्टीले सम्झौताका नाममा केही गल्ति गरेको छ, त्यसमा हामीले परिमार्जनका लागि प्रयास थालेका छौँ ।’ सचिव भट्टराइले तेस्रो संविधानसभाको निर्वाचन हुन्छ भनेर विदेशी निकायहरु नेपालमा आएर अनेक थरी प्रश्नवली नबनाउन आग्रह गर्दै अब यही संविधान सभाले जुनसुकै हालतमा भएपनि संविधान बनाउने ठोकुवा गर्नुभयो ।
एमालेभित्र महाधिवेशनपछि केही व्यक्तिहरुबीच असहमती रहे पनि पार्टी एक हुनुपर्ने र ऐजेन्डा राख्नुपर्ने समयमा एक भएको दावी गर्नुभयो । उहाँले कांग्रेसले एमाले र एमाओवादीलाइ खेलाएर आफु शक्तिमा आउन खोजेको भए त्यो सपना नदेख्न आग्रह समेत गर्नुभयो ।
चौतारीको भेलामा पार्टीका प्रचार विभागका उपप्रमुख सुर्य थापा, एमाले काभ्रेका अध्यक्ष एंव सभाषद रामहरी सुवेदी, पूर्व अध्यक्ष गोकुल बाँस्कोटा, विष्णु रिजाल, चौतारीका अध्यक्ष राजेन्द्र अर्याल, महासचिव माधव नेपाल, हिरामान लामा लगायतले प्रेस स्वतन्त्रता र प्रेसले परिर्वतनमा खेल्न सक्ने भुमिका बारेमा चर्चा गरेका थिए । भेलामा १९ जिल्लाका ६० प्रतिनिधि सहभागी छन् ।












प्रतिक्रिया