१७ कार्तिक २०८३, मंगलबार

थप १८ सय जनामा कोरोना पुष्टि, २४ को मृत्यु, १९ सय २४ निको

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप १ हजार ८०१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ८ हजार ७०४ र एन्टिजेन विधिबाट २ हजार ६२२ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ८०१ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख २९ हजार ४४३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ९२४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ९७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ जना रहेको छ ।

हालसम्म ३८ लाख ५७ हजार ५९८ जनाले खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ५३३ जना पुगेको मन्त्रालयले जनाएको छ ।