
काठमाडौँ, ७ भदौ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले माधवकुमार नेपालले नयाँ पार्टी खोल्न हतार गरेको बताएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार भएको छलफलपछि नेता भट्टराईले नेता नेपालले हतारमा नयाँ पार्टी खोलेको बताएका हुन् ।
‘आज माधवकुमार नेपालसहितको एकताको कुरा गरिरहँदा उहाँबारे म धेरै बोल्दिनँ । उहाँले पार्टी स्थायी कमिटीको यत्रो टिमसँग छलफल नगरी केन्द्रीय कमिटीको म्यान्डेट विपरित नयाँ पार्टी खोल्ने निर्णय लिनुभयो’ नेता भट्टराईको भनाइ छ ।
भटराईले सञ्चारकर्मीसँग भने, ‘उहाँले हतारमा त्यो म्यान्डेट बाहिर गएर पार्टी दर्ता गर्नुभयो । अब उहाँ पनि एकतामा फर्किनुपर्छ । कारबाहीहरू स्वतः अमान्य हुन्छन् । कारबाही प्रतिशोध, दण्ड, सजाय स्वतः निष्क्रिय हुन्छन् । अध्यक्ष र हामीबीच यो सहमति भएको छ ।’












प्रतिक्रिया