काठमाडौँ, २७ चैत । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकको सामाजिक-आर्थिक विकासका साथै शान्तिप्रक्रिया र संविधान लेखनलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
नेपालको चारदिने औपचारिक भ्रमणमा रहेको दक्षिण एसियाका लागि युरोपेली संसद् समितिका अध्यक्ष जीन ल्याम्बेर्ट नेतृत्वको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा प्रधानमन्त्री कोइरालाले संविधान लेख्न विपक्षी दलका प्रमुख नेतासँग सहमतिका लागि अभ्यस्त रहेको बताउनुभएको हो ।
प्रधानमन्त्रीले चाँडोभन्दा चाँडो संविधान निर्माणको प्रयासमा वर्तमान सरकार लागिपरेको र दलहरूबीच सहमति कायम गर्ने अथक प्रयत्न पनि भइरहेको जानकारी प्रतिनिधिमण्डललाई गराउनुभएको थियो ।












प्रतिक्रिया