९ कार्तिक २०८३, सोमबार

कटुवा पेस्तोलसहित एक जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सर्लाही, ५ भदौ । मलंगवा नगरपालिका–११ ठुलो पल्सी बस्ने ३० वर्षीय समसुद्दिन अंसारीलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अंसारी र उनकै दाजु बीच बादबिवाद भई झै–झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्प र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा समसुद्दिनले कम्मरमा भिरेको गोली लोड भएको अवस्थामा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।