वीरगञ्ज, ४ भदौ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटबाट ६ केजी १ सय ६८ ग्राम चाँदी जस्तो देखिने धातुको गहनासहित एकजना पक्राउ परेका छन् ।
प्रसौनी गाउँपालिका–६ ठेगाना भएका ६० वर्षीय नागेन्द्र साह सोनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।
भारतबाट अवैध रुपमा चाँदीका गहना ल्याउँदै गरेको सूचनाको आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त धातुको गहना सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।















प्रतिक्रिया