नवलपरासी(पूर्व), ४ भदौ । नवलपरासी (पूर्व) को मध्यबिन्दु नगरपालिका–१० अधेरी खोलास्थित सडकबाट १ थान एकनाले भरुवा बन्दुकसहित दलबहादुर थापा पक्राउ परेका छन् ।
प्रहरीले १८ थान शिशाको गोली, ५४ ग्राम बारुद र १६ थान पटकासहित सोही नगरपालिका पोखरीताल बस्ने ४२ वर्षीय थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
लु.२८ प ५४४५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक थापालाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया