महेन्द्रनगर, २ भदौ । कञ्चनपुर जिल्लामा बँदेलको मासुसहित एक जना पक्राउ परेका छन् ।
लालझाडी गाउँपालिका–५ का ३९ वर्षीय रामसाहेब राना बँदेल मार्न प्रयोग गरिएको दुई थान जाल र डेढ किलोग्राम बँदेलको मासुसहित पक्राउ परेका हुन् ।
लालझाडी सब डिभिजन वन कार्यालयका रेन्जर करुणाकर अवस्थीको नेतृत्वमा खटिएको गस्ती टोलीले गएराती साढे एघार बजे लालझाडी वन क्षेत्रबाट उनलाई पक्राउ गरेको बताइएको छ ।
रानालाई वन कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख दिनेशकुमार यादवले बताए ।















प्रतिक्रिया