२ कार्तिक २०८३, सोमबार

अर्कैसँग विहे गरेको भन्दै काकीले काटिदिइन् लिंग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sex-Lingaजनकपुर, २७ चैत । धनुषा एकराही–४, निवासी ३२ वर्षीया निलमदेवी पासवानले आफ्नै भतिजाको लिंग काटिदिएकी छन् ।

पहिलेदेखि शारीरिक सम्बन्ध राख्दै आएको २४ वर्षीय दिलीप पासवानले अर्कैसँग बिहे गरेको झोंकमा निलमले बिहीबार बिहान चाकुले लिंग काटिदिएको प्रहरीले जनाएको सुरेश यादवले आजको नागरिक दैनिकमा लेखेका छन् ।

‘चार छोराछोरीकी आमा निलम र दिलीपबीच धेरै पहिलेदेखि सम्बन्ध रहेछ,’ एक प्रहरी अधिकृतले भने, ‘दिलीपले कोहीसँग बिहे नगरुन् भन्ने चाहन्थिन् तर, गत फागुन २९ गते उनले बिहे गरेपछि त्यसैको झोँकमा यो घटना भएको देखिन्छ ।’

बिहीबार बिहान करिब तीन बजे निलमले दिलीपलाई आफ्नो घरमा बोलाएर शारीरिक सम्बन्ध राखेको र त्यसपछि चाकुले दिलीपको लिंगै काटिदिएको प्रहरीले बतायो । घटनालगत्तै जनकपुर अञ्चल अस्पताल पुर्याकइएको उनको उपचार त्यहाँ सम्भव नभएपछि थप उपचारको लागि धरान लगिएको छ ।

निलमलाई पक्राउ गरी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर भागिरथ रेग्मीले जनाए। उनलाई ज्यान मार्ने उद्योग तथा शरीर अंगभंगसम्बन्धी मुद्दामा कारबाही हुने रेग्मीले बताए । निलमका श्रीमान् तीन वर्षदेखि वैदेशिक रोजगारमा बाहिर छन् ।

यसअघि गत फागुन ८ गते यस्तै घटना जनकपुर–१७ लोहनामा भएको थियो । श्रीमान् वैदेशिक रोजगारमै रहेको लोहनाकी २८ वर्षीया चञ्चलादेवी मण्डलले आफ्नै भतिजा २६ वर्षीय रामदेव मण्डलको लिंग काटिदिएकी थिइन् ।

पहिलेदेखि आपसमा सम्बन्ध रहेको उनीहरुबीच पनि रामदेवले अर्को बिहे गर्न नपाउने शर्त हुँदाहुँदै बिहे गरेपछि प्रतिशोधमा उक्त घटना भएको थियो। अहिले चञ्चला ज्यान मार्ने उद्योग तथा अंगभंगसम्बन्धी मुद्दाको पुर्पक्षका लागि सिन्धुली कारागारमा छिन् ।