९ कार्तिक २०८३, सोमबार

एमाले नेताद्वय पोखरेल र रावलबीच भेटवार्ता, के–के भयो छलफल ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावल र महासचिव ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ ।

पार्टीभित्रको आन्तरिक एकता कमजोर बन्दै गएकाबेला दोस्रो तहका जिम्मेवार दुई नेताबीच आज भेटवार्ता भएको हो । उनीहरूले भेटका क्रममा पार्टीको आन्तरिक एकतालाई कसरी बचाइराख्ने भन्ने विषयमा गम्भीर छलफल गरेको बताइएको छ ।

महासचिव पोखरेल निवास धापासीमा भएको छलफलमा यसअघि कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावको जगमा रहेर एकताका लागि शीर्ष नेताहरूसँग आ–आफ्नो तर्फबाट छलफल गर्ने निष्कर्ष निकालेको बताइएको छ ।